बञ्चरेडाँडाको फोहोर विवादमा सांसद आशिका र जनप्रतिनिधिबीच चर्काचर्की

काठमाडौं । बञ्चरेडाँडामा फोहोर व्यवस्थापनबारे सिंहदरबारमा भएको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ र स्थानीय तहका जनप्रतिनिधिबीच चर्काचर्की भएको छ। छलफलका क्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले तामाङलाई शान्त हुन आग्रह गरेपछि भनाभन भएको थियो। बञ्चरेडाँडाका स्थानीयको समस्या समाधानमा सरकार र स्थानीय तह गम्भीर नभएको आरोप लगाउँदै तामाङले असन्तुष्टि जनाइन्। बैठकबाट असन्तुष्ट हुँदै उनले ‘भोलिदेखि बञ्चरेडाँडामा फोहोर लैजान नदिने’ चेतावनी दिएर बैठक छाडेकी छन्।